अवैध लागूऔषध सहित पक्राउ

१० साउन बाँके : नेपालगंज उपमहानगरपालिका-५ बस्ने  १९ वर्षीय मोहसिम शाह सहित ३ जनालाई लागूऔषध ब्राउनसुगर ४ ग्राम सहित बुधबार प्रहरीले पक्राउ गरेको छ । भारतको रूपडियाबाट नेपालगंज आउँदै गरेका उनीहरुलाई सोही उपमहानगरपालिका-१५ बाट उक्त लागूऔषध सहित प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।