चट्याङ् लागि मृत्यु

रुपन्देही साउन १३: मिति २०७५।०४।१३ गते अं १७:०० बजेको समयमा जिल्ला रुपन्देही तिलोत्तमा नगरपालिका वडा नं १७ पकडिया स्थित आफ्नै खेतमा आफ्नै आमासँग घास काट्न गएकी ऐ,ऐ तिलोत्तमा न.पा वडा नं, १० बस्ने बर्ष १३ कि दिपिका ज्ञवालीलाई चट्याङ् लागि घाईते भई उपचारको लागि क्रिमसन अस्पताल मणिग्राम लादालादै बाटोमानै मृत्यु भएको, नजिकको प्रहरी टोली खटि गएको अन्य अनुसन्धान कार्य भैरहेको ।