शंकास्पद वस्तु फेला

नवलपरासी साउन १३, मिति २०७५।४।१३ गते अं.१७:३० बजेको समयमा जिल्ला नवलपरासी बर्दघाट नगरपालिका - १० ध्रुवटोल स्थित अम्बिका पंगेनीको घरकोठामा खान तलासी गर्नको लागि यस कार्यालयबाट प्रहरी टोली खटि गई खान तलासी गर्ने क्रममा निजको घर कोठामा रहेको लोबेड भित्र बलाङकेटले छोपिरहेको शंकास्पद बस्तु फेला पारी सुरक्षित राखी कालिध्वज गण परासीको नेपाली सेनाको टोली खटि आई सुरक्षित साथ डिस्पोज गरेको, उक्त संकास्पद वस्तु सकेट बम रहेको भन्ने खुलेको,अन्य अवस्था सामान्य रहेको । अनुसन्धान कार्य भई रहेको ।