लागुऔषध (कोरेक्स र नाईट्रोभ्याट) सहित १ जना मानिस पक्राउ ।

बाँके-११ भाद्र,

मिति २०७७।०५।११ गते अं.२०:०५ बजे जि.बाँके नेपालगंज उ.म.न.पा.१५ स्थित जमुनाह चेक पोष्टमा खटिएको प्र.ना.नि.बिष्णु गिरीको कमाण्डमा खटिएको टोलिले चेक जाँच गर्ने क्रममा जि.बाँके जानकी गा.पा.३ बस्ने बर्ष २७ को   रमेश यादवको साथबाट कोरेक्स ६ पिस र नाईट्रोभ्याट ४ ट्यावलेट, मानिस सहित पक्राउ गरी यस का.मा ल्याई राखिएको र जि.प्र.का.बाँकेबाट थप अनुसन्धान भई रहेको ।