भरुवा बन्दुक सहित १ जना मानिस नियन्त्रणमा ।

प्युठान-१८ भाद्र,

मिति २०७७।०५।१८ गते बिहान अं ०३:०० बजे जि. प्यूठान मल्लरानि गा.पा.५ राम्चे बस्ने बर्ष ३४ को भोज बहादुर नेपालीले घरपरिवार संग झगडा गरेको भन्ने खबर प्राप्त पश्चात  जि.प्र.का.प्यूठानबाट प्र.स.नि.भिम बहादुर रानाको कमाण्डमा ४ जनाको टोलि खटि गई बुझ्दा  निजको  साथबाट भरुवा बन्दुक जस्तो देखिने बादर धपाउन प्रयोग गरीने जस्तो देखिने फलामको नाल काठको बड काठकै टिगर भएको घरेलु भरुवा बन्दुक तथा सो बन्दुकमा प्रयोग हुने ६ वटा फलामको छर्रा र अं २०० ग्राम बारुद समेत फेला पारी  निजलाई ०६:३५ बजे नियन्त्रणमा  लिईएको  र जि.प्र.का.प्युठानबाट थप अनुसन्धान भई रहेको ।