ला.औ.सहित २ जना मानिस पक्राउ ।

पाल्पा-२५ भाद्र,

मिति २०७७।०५।२५ गते बिहान ०५:०० बजे बुटवलबाट रामपुरतर्फ जादै गरको बा ७० प २९४४ नं.को मो.सा.मा सवार जि.पाल्पा रामपुर न.पा.३ बस्ने बर्ष ३१ को सुरेन्द्र घिमिरे र ऐ.बस्ने बर्ष २४ को प्रमोद घिमिरेले पार्किङ गरि राखेको मो.सा.बाट तेल चोरी गर्दै गरेको र निजले देखी फरार भएको भन्ने खबर  प्र.चौ.प्रभास पाल्पामा प्राप्त हुनासाथ प्र.ना.नि.एक्का बहादुर नेपालिको कमाण्डमा ३ जनाको टोली खटीगई ०५:३० बजे तानसेन न.पा.८ माथिल्लो डुम्रेबाट निजहरुलाई मो.सा.सहित नियन्त्रणमा लिई चेकजाँच गर्दा निजहरु दुबै जनाको साथबाट डाईजेपाम ४ पिस(प्रति पिस २ ml), आईपिपिएल २ पिस(प्रति पिस २ ml), सिरिन्ज २ सेट ला.औ. फेला परेको र जि.प्र.का.पाल्पाबाट थप अनुसन्धान भई रहेको ।