ला.औ. (नाईट्रा जेपाम) सहित ३ जना मानिस पक्राउ ।

कपिलवस्तु-२७ भाद्र,

मिति २०७७।०५।२७ गते १६:३० बजे जि.कपिलबस्तु कृष्णनगर न.पा.१ लिङ्गेट स्थित रहेको होल्डिङ सेन्टरमा  ई.प्र.का.कृष्णनगर कपिलबस्तुबाट प्र.ह.जित ब.सुनारको कमाण्डमा खटिएको २ जनाको टोलिले चेकजाच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका जिल्ला कपिलबस्तु शिबराज न. पा. ५ खसिबजार बस्ने बर्ष ३५ को केशब आचार्य, ऐ.बस्ने बर्ष २६ को अमित कुमार गुप्ता र ऐ.कृष्णनगर न.पा.२ लालकोठी बस्ने बर्ष २५ को सुमित मौरियालाई चेकजाच गर्ने क्रममा निजहरुको साथबाट नाइट्रा जेपाम (nitraa zepam) ला.औ.५ पत्ता (७३ट्याप्लेट) फेला पारी नियन्त्रणमा लिईको र  ई.प्र.का.कृष्णनगर कपिलबस्तुबाट थप अनुसन्धान भई रहेको ।