रेडपाण्डाको छाला सहित ४ जना मानिस पक्राउ ।

बाँके-२८ भाद्र,

मिति २०७७।०५।२८ गते अं.०९:४५ बजे जि.बाँके बैजनाथ  गा.पा.१ गाभर  स्थित ऐ.बस्ने बर्ष ३२को गगन थारुले संचालन गरेको डेनियल कटेज एण्ड  रेस्टुरेन्टमा जंगली जनावरको छाला अवैध रुपमा ल्याई लुकाईछिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा  जि.प्र.का.बाँकेबाट प्र.नि.ह्रदेश कुमार सापकोटाको कमाण्डमा ११ जनाको टोली खटि गई निम्न स्थान बस्ने निम्न मानिसहरुबाट  जंगली जनावर रेडपाण्डाको छाला थान १ सहित फेला पारि नियन्त्रणमा लिईएको, साथै निजहरुले प्रयोग गरेको भे ५ प १४२८ र भे ७ प ७६४० नं.को मो.सा.समेत नियन्त्रणमा लिईएको र  जि.प्र.का.बाँकबाट थप अनुसन्धान भई रहेको ।

                                                                 निम्न

१) जि.सुर्खेत भेरी गंगा न.पा. १२ छिन्चु बस्ने बर्ष ३६ को देव बहादुर बाठा

२) ऐ. ५ बबई बस्ने बर्ष २५ को गणेश बि.क.

३) ऐ.बस्ने बर्ष ३० को जय बहादुर कामी

४) जिल्ला जाजरकोट कुशे गा.पा.४ समाकोट बस्ने बर्ष ३२ को कृष्ण वली ।