ला.औ.(ब्राउन सुगर) सहित मानिस पक्राउ ।

दाङ-०४ असोज,

मिति २०७७।०६।०४ गते अ.२०:३० बजे जि.दाङ लमही न.पा.९अमिलिया स्थित प्र.नि.राजन कुमार गौतम समेतको प्रहरी टोली खटिईगई जि.दाङ लमही न.पा.९ अमिलिया स्थित जि.बाँके नेपालगंज उ.म.न.पा.११ भट्टी टोल बस्ने बर्ष ३५ को महिन अन्सारीलाई शंकास्पद अवस्थामा फेला पारी खानतलासी गर्दा सेतो प्लाष्टिकमा दुई वटा पोका बनाई लुकाई छिपाई राखेको लागुऔषध(ब्राउन सुगर) जस्तो देखिने धुलो पदार्थ फेला पारी ३२५ ग्राम सहित पक्राउ गरीएको र जि.प्र.का.दाङबाट थप अनुसन्धान भई रहेको ।