ला.औ. सहित २ जना महिला पक्राउ ।

रोल्पा-०५ असोज,

मिति २०७७।०६।०५ गते अं.१८:०० बजे प्र.नि.शंकर खड्काको कमाण्डमा खटिएको गस्ति चेकिङ टोलिले जिल्ला रोल्पा थवाङ गा.पा.२ छेरवाङबाट निम्न स्थान बस्ने निम्न महिलालाई चेकजाँच गर्दा निजको साथबाट १२(बाह्र)पुरिया (अं.१० के.जी.) बराबरको लागु औषध जस्तो देखिने कालो पदार्थ (अफिम)फेला पारेकोले निजहरुलाई नियन्त्रणमा लिईएको र  जि.प्र.का.रोल्पाबाट थप अनुसन्धान भई रहेको ।

                                                       निम्न:-

१.जि.रोल्पा थवाङ गा.पा.२ ठुलोगाउ बस्ने बर्ष ४५ कि मुलि झाँक्रि ।

२.ऐ.बस्ने बर्ष ३५ कि मुलज्योति रोका ।