ला.औ. सहित १ जना मानिस पक्राउ ।

रोल्पा-१७ मंसिर,

मिति २०७७।०८।१७ गते अं.११:३० बजे जि.रोल्पा.सुनछहरी गा.पा.६ रोल्वाङ बस्ने बर्ष ४५ को जुनिलाल बुढामगरले पलाष्टिकको बोरामा बोरा भित्र आलु संगै चरेश लिई आएको छ भन्ने गोप्य सुचनाको आधारमा ई.प्र.का.सुलिचौर रोल्पाबाट प्र.स.नि.लक्ष्मण तङनामीको कमाण्डमा ३ जना टोलि खटिगई रा १ ह ५११५ नं.को अटो रिक्सालाई ऐ.सुनिलस्मृती गा.पा.४ सुलिचौर बस पार्कमा चेकजाँच गर्दा चरेश जस्तो देखिने कालो पदार्थ सेतो पलाष्टिकले बेरेको अवस्थामा अं.६ के.जि.बराबरको फेला परेको, अटो,अटो चालक र मानिस नियन्त्रणमा रहेको र  ई.प्र.का.सुलिचौर रोल्पाबाट थप अनुसन्धान भई रहेको ।