ला.औ.सहित मानिस नियन्त्रणमा ।

दाङ-१८ मंसिर,

मिति २०७७।०८।१८ गते अं.०७:०० बजे जि.दाङतुलसीपुर उ.म.न.पा.१९ बस्ने बर्ष २५ को देब ब.खड्काले ला.औ.बिक्रि बितरण गर्नका लागि रा१ख १६८२ नं.को यात्रु वाहक बसमा चढि तुलसीपुर बसपार्कतर्फ आउँदै गरेको भन्ने गोप्य सुचनाको आधारमा प्र.नि.झबिन्द्र परियारको कमाण्डमा प्रहरी टोली खटिगई खो.त.गर्दै जाने क्रममा उक्त बस तुलसिपुर उ.म.न.पा.५ बसपार्क स्थित फेला पारी चेकजाँच गर्दा निजको साथबाट NITTRAZEPAM TABLETS IP NITRAVAT-10 लेखेको ३४५ ट्याबलेट र TRAMADOL HYDROCHLORIDE CAPSULE I.p TRAMOL-५० लेखेको १२० क्यापसुल बेरी ज्याकेट भित्र लुकाई छिपाई राखेको अवस्थामा फेला परेकोले निजलाई पक्राउ गरीएको र जि.प्र.का.दाङबाट थप अनुसन्धान भई रहेको ।