ला.औ. सहित ६ जना मानिस पक्राउ ।

दाङ-२१ मंसिर,

मिति २०७७।०८।२१ गते अं.२०:२० बजे जि. दाङ गढवा गा.पा. १ जुरौनी स्थित गफुर मियाको घरमा ला.औ.को कारोबार गरीरहेको भन्ने विशेष सुचनाको आधारमा प्र.नि.राज कुमार भट्टको कमाण्डमा १० जनाको टोलि खटि गई निज ब्यक्तीहरूलाई चेक जाच गरी निज ब्यक्तीहरूको साथबाट ३० ग्राम ला.औ. ( ब्राउन सुगर)जस्तो देखीने गिलो पदार्थ सहित नियन्त्रणमा लिएको र  ई.प्र.का.गढवा दाङबाट थप अनुसन्धान भई रहेको ।

निम्नः-

  • जि. दाङ राप्ती गा.पा.९ देवीकोट बस्ने वर्ष ३७ को सङसुलहक मिया ।
  • जि. प्युठान सरुमारानी गा.पा.१ बाङ्गेसाल बस्ने वर्ष ३० को ईसादिन मिया ।
  • ऐ.ऐ.बस्ने वर्ष २८ को अजित मिया ।
  • ऐ.ऐ.माझेलाठि बस्ने वर्ष २३ को रबिन नेपाली ।
  • ऐ.ऐ. बाङ्गेसाल बस्ने वर्ष २४ को ईदिस मिया ।
  • जि. दाङ गढवा गा.पा.१ जुरौनी बस्ने वर्ष ३२ को गफुर मिया ।