रेडपाण्डा सहित मानिस पक्राउ

बाँके,चै्त्र २७

मिति २०७७।१२।२६ गते अं.२१:३० बजेको समयमा जिल्ला बाँके कोहलपुर न.पा.११ बसपार्क स्थित लाली गुरास होटलको ७ नं. कोठामा बसेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट सादा पोशाकमा प्र.ना.नि.बम बहादुर रावलको कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा निम्न स्थान बस्ने निम्न मानिसहरुलाई २ वटा रेडपाण्डाको छाला सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।

           निम्न मानिसहरु

  • जिल्ला रोल्पा सुनछहरी गा.पा.१ बस्ने बर्ष ३२ को खिमान सिंङ रोका मगर
  • ऐ.ऐ.बस्ने बर्ष १९ को दितेश रोका मगर
  • ऐ.ऐ.बस्ने बर्ष ४५ को धन बहादुर रोका मगर
  • ऐ.ऐ.बस्ने बर्ष ३१ को बिष्णु रोका