भरुवा बन्दुक सहित १ जना मानिस पक्राउ

दाङ चैत्र २७

मिति २०७७/१२/२६ गते अं.१७:३० बजे जि.दाङ राजपुर गा.पा.७ तल्लोसुकैया स्थित ऐ. खिट्कीनाका बस्ने बर्ष अ.२३ को पवन मल्लले चलाएको रा १ प ४२०८ नं.को मो.सा.लाई सुनपत्रीनाका बाट एरिया गस्ती खटिएको स.प्र.ब.ह. अर्जुन बहादुर रावतको कमाण्डमा ७ जनाको टोलीले उक्त मो.सा.लाई रोकि चेकजाचँ गर्दा निज व्यक्तिको साथबाट भरुवा बन्दुक नाल १(लोड नभएको) फोल्डिङ गरी बोरा भित्र राखेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई सि.प्र.चौ.भैसाही दाङ बाट प्र.ना.नि.ओम बहादुर गिरीको कमाण्डमा ५ जनाको टोली खटिगएको,थप अनुसन्धानको लागी ई.प्र.का.गढवा दाङबाट प्र.नि.राज कुमार भट्टको कमाण्डमा ७ जनाको टोली खटिगएको र अन्य अनुसन्धान भईरहेको ।