पेस्तोल सहित ३ जना मानिस पक्राउ

बाँके, चैत्र २८ गते

मिति २०७७।१२।२७ गते अं १९;३० बजेको समयमा जिल्ला बाँके कोहलपुर न.पा. १० हाईस्कुल चोक स्थित विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकैबाट प्र.ना.उ.रबिन्द्र खनालको कमाण्डमा खटिएको ७ जनाको प्रहरी टोलीले ऐ.ऐ. स्थित पैदल हिडिरहेका भारत बहराईज जिल्ला बाबागंज बस्ने बर्ष २० को महता प्रसाद खटिक, ऐ.ऐ.बस्ने बर्ष ५५ को नकछेद पाछी र जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नं १४ बस्ने बर्ष ३२ को सुरज लामिछाने लाई चेक जाँच गर्ने क्रममा महता प्रसाद खटिकले कम्मरमा लुकाई राखेको कटुवा पेस्तोल थान-१ र BMMKF लेखेको लाईभ राउण्ड बुलेट थान -१ फेला पारी निज ३ जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भई रहेको ।