हात्तीको आक्रमणबाट मानिसको मृत्यु

२०७७ साल चैत्र २९ बर्दिया,

जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु भएको छ।  जिल्लाको  गेरुवा गा.पा.१ भटेरा स्थित बगुवा सामुदायिक जंगल नजिकै बस्ने चाफे बोहराको श्रीमती बर्ष ६० की भुन्टी बोहरा सामुदायिक जंगलको छेउ बारीमा  बाख्रा चराउन गएकोमा मिति २०७७।१२।२९ गते अं. १३:०० बजे जंगली हात्तीले बारिमा नै आक्रमण गरी जंगलमा लगी मारी मृत अबस्थामा छाडेको छ।  प्रहरी टोलीले लाश घटना स्थलबाट सुरक्षित स्थानमा बारीमा ल्याई राखिएको छ।