करेन्ट लागि मृत्यु ।

रोल्पा ०५ बैशाख

मिति २०७८।०१।०४ गते अं.१०:०० बजे जि.रोल्पा सुनिलस्मृती गा.पा.२ माडिचौर बस्ने बर्ष २५ को गोकर्ण सेनले आफ्नै घर नजिकै माडि खोलाको किनारमा रहेको ईनारमा जडान भएको मोटरको तार मर्मत गर्ने क्रममा तार सर्ट हुन गई करेन्ट लागि घाईते भई उपचारको लागि प्रा.स्वा.के.भिङ्ग्री प्युठानमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको भनि प्रा.स्वा.के.प्युठानले टेलिफोन मार्फत जानकारी गराए पश्चचात उक्त स्थानमा ईलाका प्रहरी कार्यालय खुङ्ग्रीबाट प्र.ना.नि.अंग ब.शाहिको कमाण्डमा ३ जनाको टोलि खटिगएको अन्य अनुसन्धान भईरहेको ।