पेस्तोल सहित मानिस नियन्त्रणमा ।

नवलपरासी पश्चिम ०६  बैशाख

मिति २०७८।०१।०६ गते अं. ०४:३० बजे जिल्ला नवलपरासी सुस्ता गा.पा- ५ रामनगर (४ नं. ठोक्कर) स्थित भारतबाट  नेपाल तर्फ आउँदै गरेको UP 57 AZ 5019 नं. को, मो.सा चालक जिल्ला नवलपरासी सुस्ता गा.पा - ५ तरेनी बस्ने बर्ष २२ को सुनिल भेडियार पाललाई प्रहरी चौकी रामनगरबाट खटिएको प्र.स.नि. नारायण प्रसाद लुईटेलको कमाण्डमा खटिएको  ४ जनाको टोलीले  शंका लागी चेकजाँच गर्ने क्रममा निजको जिन्स हाफ पाईन्टको दाहिने तर्फको गोजीमा सर्टले छोपि राखेको अवस्थामा टाईप-54 जस्तो देखिने पेस्तोल म्याग्जिन सहित थान-१, ऐ.को गोली थान- १ राउण्ड च्याम्बरमा लोड गरी राखेको अवस्थामा फरला पारी पेस्तोल,मोटरसाईकल र मानिस सहित नियन्त्रणमा लिएको,उक्त स्थानमा ईलाका प्रहरी कार्यालय बेलाटरीबाट प्रहरी निरीक्षक प्रकाश बहादुर सिंह को कमाण्डमा- ९ जनाको टोली खटि गई निज मानिस र मोटरसाईकल सहित आवश्यक अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिम पठाईएको अनुसन्धान कार्य भईरहेको ।