सबारी दुर्घटनाबाट १ जनाको मृत्यु २ जना घाईते ।

प्युठान, बैशाख-२१ गते ।

मिति २०७८।०१।२१ गते अं.१९:३० बजेको समयमा जिल्ला प्यूठान प्यूठान न.पा. ०८  पाडावाङ स्थितमा बाहानेबाट बग्दुला तर्फ आउँदै गरेको खाध्यान्न सामाग्री बोक्ने खाली गाडी लु.२.च.६७८१ नं.को बोलेरो पिकप अनियन्त्रित भई सडक बाट अं. ५०/६० मिटर तल खस्न गई निम्न मानिसहरू  मृत्यु र घाईते भएको भन्ने खबर ऐ.२०:०० बजे प्राप्त पश्‍चात घटनास्थलमा प्र.स.नि. प्रकाश भण्डारीको कमाण्डमा खटि गएको । चालक प्रहरीको नियन्त्रणमा र थप अनुसन्धान भई रहेको ।

निम्न :

१.मृतक जिल्ला प्यूठान प्यूठान न.पा. ०८ बाग्दुला बस्ने बर्ष २१ को समर कवर

२.घाईते गौमुखी गा.पा.०४ पुजा बस्ने बर्ष २३ को लोकेन्द्र के.सी. बायाँ आँखामा चोट अबस्था सामान्य (चालक)

३.घाईते गौमुखी गा.पा. ०१ अर्खा बस्ने बर्ष १७ को कृष्ण सुनार  बायाँ खुट्टामा चोट अबस्था सामान्य