ला.औ.ब्राउनसुगर सहित मानिस पक्राउ ।

बाँके, बैशाख-२२ गते
मिति २०७८।०१।२२ गते अं. १२:०० बजे जि.बाँके नेपालगंज उ.म.न.पा.१५ हड्डि चोक स्थित भारतबाट नेपालतर्फ आउदै गरेका भारत जि.बहराईज थाना रुपैडिया बस्ने बर्ष १८ को शनि निसार र ऐ.बस्ने बर्ष १८ को नौसाद तेलीलाई शंका लागी चेकजाँच गर्ने क्रममा निज शनि निसारको साथबाट ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ ११ ग्राम सहित फेला पारी दुबै जनालाई नियन्त्रणमा लिईएको र जि.प्र.का. बाँकेबाट थप अनुसन्धान भई रहेको ।