भिरबाट लडी १ जना मानिसको मृत्यु ।

गुल्मी, बैशाख २४ गते ।
‌‌‌‌‍‍‍‌‌‌‌मिति २०७८|०१|२३ गते राती जि.गुल्मी मालिका गा.पा.३ ह्वाङदी बस्ने बर्ष ४८ को प्रेम ब.घर्ती, ऐ.स्थित पटौती जंङ्गलको गोरेटो बाटो देखि अं २०० मिटर तल खसेर मृत अबस्थामा रहेको भन्ने खबर मिती २०७८|०१|२४ गते बिहान ०८:०० बजे खबर प्राप्त हुनासाथ प्र.स.नि रामसेबक यादब को कमाण्डमा २ जना खटिएको, थप अनुसन्धानको लागी जि.प्र.का गुल्मी बाट प्र.नि महेश्वर उपाध्याय को कमाण्डमा ५ जनाको टोली खटिएको थप अनुसन्धान कार्य भईरहेको ।