कुटपिटबाट एक महिलाको मृत्यु ।

दाङ, बैशाख २६ गते ।

मिति २०७८।०१।२६ गते १०:०० बजे जि.दाङ गढवा गा.पा.२ महदेवा बस्ने वर्ष ४० को धनिराम चौधरीले आफ्नै श्रीमती बर्ष ४३ की शिला चौधरीलाई आपसी विवाद हुदाँ खुडाले गर्दनमा प्रहार गरेको छ भन्ने खबर ऐ.१०:४५ बजे प्राप्त हुनासाथ प्रहरी चौकी गोबरडियाबाट प्र.ना.नि.भिम ब. बस्नेतको कमाण्डमा २ जना र ई.प्र.का.गढवा दाङबाट प्र.नि.राज कुमार भट्टको कमाण्डमा ७ जनाको टोली खटि गई  घाईतेलाई उपचारको लागि लमही अस्पताल लमही दाङ पठाउँदै गर्दा ऐ.११:०० बजे बाटोमा मृत्यु भएको र कुटपिट गर्ने ब्यक्ति प्रहरीको नियन्त्रणमा थप आवश्यक अनुसन्धान भईरहेको ।