करेन्ट लागी एक मानिसको मृत्यु ।

दाङ, बैशाख २७ गते ।

मिति २०७८।०१।२७  गते अं. १७:०० बजे जिल्ला दाङ घोराही उ.म.न.पा.११ नयाँ बस्ती बस्ने वर्ष ४५ को टेक बहादुर गन्धर्व आफ्नै घरको बारीमा काम गर्ने क्रममा करेन्ट लागी घाईते भई उपचारको लागी राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ ल्याएकोमा डा.ले मृत घोषणा गरेको, लाश सोही अस्पतालमा रहेको,उक्त स्थानमा ईलाका प्रहरी कार्यालय नारायणपुर दाङबाट प्र.ना.नि.गणेश गिरीको कमाण्डमा ५ जनाको टोलि खटि गएको थप अनुसन्धान भईरहेको ।