ब्राउन सुगर बरामद ।

कपिलवस्तु, जेठ, ०३ गते ।

मिति २०७८।०२।०३ गते अं.१३:३० बजे जिल्ला कपिलवस्तु कपिलवस्तु नगरपालिका वडा नं.६ थुमुवा स्थित यस का.बाट खटिएका प्रहरी टोलिले जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नं.६ कर्मा बस्ने बर्ष २१ को सकिल दर्जी( मुसलमान) र ऐ.ऐ.बस्ने बर्ष २० को समिम दर्जी (मुसलमान) लाई शंका लागी शरीर खानतलासी गर्दा सकिल दर्जीले लगाएको पाईन्टको पछाडीको दाँया तर्फको थैलीबाट दुई वटा कालो प्लाष्टिकको पोका रहेको उक्त पोका खोलि हर्दा २ ग्राम ६ सय ४० मिलि ग्राम खैरो पदार्थ (ब्राउन सुगर जस्तो देखिने ) पदार्थ फेला परेकोमा दुबै लाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा कपिलवस्तुमा ल्याई स्वास्थ्य परिक्षणको लागी जिल्ला अस्पताल तौलिहवा लगेकोमा सकिल दर्जिलाई कोरोना पोजेटिभ देखिएकोले बुद्धभुमी न.पा.२ स्थित रहेको श्री गौतम बुद्ध मा.वि.को आईसोलेशन सेन्टर गोरुसिङ्गेमा राखिएको र थप सुरक्षाको लागी ई.प्र.का.गोरुसिङ्गे कपिलवस्तुबाट आवश्यक सुरक्षा व्यवस्था मिलाउने गरी उक्त आईसोलेशनमा राखि थप अनुसन्धान भई रहेको ।