भिरबाट लडी १ जना मानिसको मृत्यु ।

प्युठान, जेठ ०५ गते ।

मिति २०७८।०२।०५ गते  अं.२०:३० बजे जि. प्युठान स्वर्गद्धारी न.पा. ८ कुसुण्डे बस्ने  बर्ष ६१ को मान बहादुर  ठेडिमगर स्वर्गद्धारी न.पा. ८ कुसुण्डेबाट जिल्ला प्युठान माण्डवी गा.पा.१ तिराम बेल ब. बुढाको घरमा १३ दिने पुन्य तिथिमा जाँदै गर्दा जिल्ला प्युठान माण्डवी गा.पा. १ खरीवाङ रिपा भिरबाट अं. १०० मिटर बाटोबाट तल खसी मृत्यु भएको भनी ऐ.२२:४५ बजे  खबर प्राप्त पश्चात प्रहरी चौकी तिरामबाट प्र.ह.पवन कुमार पटनवारको कमाण्डमा २ जनाको टोली खटिएको थप अनुसन्धान भईरहेको ।