ला.औ.सहित मानिस नियन्त्रणमा ।

बाँके, जेठ १० गते ।

मिति २०७८।०२।१० गते अं. १५:५० बजे जि.बाँके नरैनापुर गा.पा.२ स्थित रहेको आदर्श मा.बि.नजिकै बाटोमा हिडिरहेको अवस्थामा शंका लागि चेकजाँच गर्ने क्रममा ऐ.बेउचहवा बस्ने बर्ष अं.५०/५५ को नौरंगीलाल सुनारको साथबाट ब्राउन सुगर जस्तो देखिने अं.४७ ग्राम धुलो पदार्थ ला.औ.नि.व्युरो नेपालगंज बाँकेबाट खटिएका प्र.ना.नि.प्रेम अधिकारी र प्रहरी चौकी लक्षमणपुर बाँकेबाट खटिएका प्र.स.नि.दोर्ण बहादुर खड्काको संयुक्त टोलीले फेला पारी ला.औ. र मानिस सहित  नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जि.प्र.का.बाँकेमा पठाईएको अनुसन्धान भईरहेको ।