हात्तीको आक्रमणबाट मानिसको मृत्यु ।

बर्दिया, जेठ १० गते ।

आज मिति २०७८।०२।१० गते अ. २१;०० बजेको समयमा जि. बर्दिया गेरुवा गा.पा. १ सरखोल खचकपुर बस्ने बालाराम बि.क.को श्रीमती बर्ष ३७ की चन्द्रा बि.क.र निजको छोरी बर्ष ३ की दिपिका बि.क. आफ्नो घरमा खाना खाई बसी रहेको अवस्थामा बिजुली बत्ती गएको बखत सोही स्थानमा बर्दिया राष्ट्रिय निकिञ्जबाट दुई वटा जंगली हात्ती आई निजहरु दुबै जनालाई हात्तीले आक्रमण गरी आफ्नो सुडमा उठाई घरबाट अं.३० मिटर टाढा दक्षिण तर्फ लगी चन्द्रा बि.क.लाई मारेको र निजको छोरी दिपिका बि.क. लाई सक्त घाईते बनाई छाडेको निज दिपिकालाई उपचारको लागी राजापुर तर्फ पठाईएको अवस्था गम्भिर भनि ऐ.२२:५० बजे ईलाका प्रहरी कार्यालय पाताभार बर्दियामा जानकारी प्राप्त हुन साथ उक्त स्थानमा प्र.नि.सुरेश सुवेदीको कमाण्डमा ७ जनाको टोलि खटी गएको लाश घटनास्थलमा नै रहेको बर्दिया राष्ट्रिय निकुञ्जमा खबर भएको , निज पिडित को घर नजिक रहेको ऐ.बस्ने जयलाल खड्काको घरको पुर्व तर्फको कच्ची घरको भित्ता समेत भत्काएको अन्य थप अनुसन्धान भईरहेको ।