भिरबाट लडी १ जना बृद्ध महिलाको मृत्यु ।

गुल्मी, जेठ १६ गते ।

मिती २०७८|२|१६ गते जिल्ला गुल्मी ईस्मा गा.पा. १ बस्ने बर्ष ६३ की टिकाकुमारी पाण्डे बिहान ०६:३० बजे देखी घरबाट हराएकोमा आफन्तले खोजतलास गर्दै जाने क्रममा ऐ. स्थित थामाचौरको भिरबाट लडी मृत अबस्थामा रहेको १०:३० बजे फेलापारी प्रहरी चौकी हस्तिपुर गुल्मीमा खबर गरेपश्चात चौकीबाट प्रहरी हवल्दार दुर्गा रास्कोटीको कमाण्डमा २ जनाको टोली र जि.प्र.का गुल्मीबाट प्र.ना.उ पुरुषोतम प्रसाद पाण्डेको कमाण्डमा ५ जनाको टोली खटि गएको र थप अनुसन्धान भईरहेको।