भिरबाट लडी एक बालकको मृत्यु ।

गुल्मी, जेठ १६

मिति २०७८।०२।१६ गते अं.१६:०० बजे जि.गुल्मी रेसुङगा न.पा.१४ पराल्मी बस्ने नल सिं बुढाथोकीको छोरा बर्ष ५ को दान ब.बुढाथोकी ऐ. मुसिकोट न.पा.४ दजाकोट मामा घर गई आफ्नै घर फर्किने क्रममा ऐ.४ भङलाङ भन्ने ठांउँको भिरबाट बाटो चिप्लिएर अं.३००।३५० मिटर तल लडी शरीरको बिभिन्न भागमा चोट लागि बेहोस भएको भनी ऐ.१८:४५ बजे प्रहरी चौकी वामिटक्सार गुल्मीमा जानकारी हुन आए पश्चात उक्त स्थानमा प्र.ना.नि.प्रमेश्वर चौधरीको कमाण्डमा ३ जनाको टोली खटिई गएको,बच्चालाई उपचारको लागि जिल्ला अस्पताल तम्घास पठाएकोमा ऐ.२०:३० बजे जिल्ला अस्पतालको डाक्टरले मृत घोषणा गरेको थप अनुसन्धान भईरहेको ।