पानीमा डुबी एक वालिकाको मृत्यु ।

नवलपरासी पश्चिम, जेठ २६ गते

मिति २०७८।०२।२६ गते अं. १७:३० बजे जिल्ला नवलपरासी रामग्राम -११ रानीपाकड बस्ने बिश्वनाथ चौधरीको छोरी बर्ष ४ कि एन्जल चौधरी आफ्नै घर छेउमा रहेको पोखरीमा खेल्ने क्रममा पानीमा डुब्न गई आफन्तले निकाली उपचारको लागि जिल्ला अस्पताल परासी ल्याएकोमा उपचारको क्रममा ऐ.१७:४० बजे मृत्यु भएको । उक्त स्थानमा थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट प्रहरी निरीक्षक स्वरुप शर्माको कमाण्डमा-७ जनाको SOCO सहितको टोली खटी गएको र थप अनुसन्धान भईरहेको ।