भिरबाट लडी एक युवकको मृत्यु ।

गुल्मी, जेठ २६ गते ।

मिति २०७८।०२।२५ गते अं.१४:०० बजे जि.गुल्मी ईस्मा गा.पा.५ पाहाकटेरी बस्ने धन ब.कुंवरको छोरा बर्ष अं.३० को बिदुन बिक्रम कुंवर घरमा कोहि कसैलाई नसोधी हिडेको र निज घर फर्कि नआएकोले मिति २०७८।०२।२६ गते खो.त.गर्दै जाने क्रममा अं.१६:०० बजे घर देखि  पुर्व तर्फ अं.३०० मिटर टाढा रहेको ऐ.५ रांगा पाईला भन्ने भिरबाट अं.४०।४५ मिटर तल लडी मृत अवस्थामा रहेको छ भनी टेलिफोन मार्फत प्रहरी चौकी ईस्मा जुल्मीमा ऐ.१८:०० बजे जानकारी हुन आए पश्चात प्र.ना.नि.मोहनलाल अधिकारीको कमाण्डमा ३ जना र थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक महेश्वर उपाध्यायको कमाण्डमा ५ जनाको टोली खटि गएको र थप अनुसन्धान भईरहेको।