नुहाउने क्रममा पानीमा डुवी बालकको मृत्यु ।

दाङ, जेठ २९ गते

मिति २०७८।०२।२९ गते अ.१३:३० बजे जि.दाङ राप्ती गा.पा.२ वस्ने अर्जुन चौधरीको छोरा बर्ष ६ को अविनास चौधरीले कपाल काटी ऐ. ऐ. स्थित रहेको हर्सेडाँडाको तालमा नुहाउने क्रममा पानीमा डुवी वेहोस भएकोमा निजको हजुर आमाले उपचारको लागि स्थानिय खुसवु मेडिकल लालमटिया दाङमा लगेकोमा उपचारको क्रममा ऐ. १३:४५ बजे मृत्यु भएको उक्त स्थानमा ईलाका प्रहरी कार्यालय भालुवाङ दाङवाट प्रहरी नायव निरीक्षक शिव नारायण चौधरीको कमाण्डमा ७ जनाको टोली खटिगएको थप अनुसन्धान भईरहेको ।