करेण्ट लागी मृत्यु

 

रूपन्देही, असार ०६

मिति २०७८।०३।०६ गते अं.१८:२० बजेको समयमा जिल्ला पाल्पा रिब्दिकोट गा.पा. ६ घर भई हाल जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.११ नरजयपथ बस्ने ना २ ह १६७० नं. को ई-रिक्सा चालक बर्ष अं. ४२।४३ को भिम बहादुर रुचाल ले ऐ.ऐ.११ शिखरपथमा रहेको पुजन थापाको घर संग जोडिएको जस्ताले छाएको इ-रिक्सा राखी चार्ज गर्ने क्रममा करेण्ट लागी उक्त ई-रिक्सामा ढलेको अवस्थामा रहेको छ भन्ने खबर प्राप्त हुना साथ अस्थायी प्रहरी चौकी देविनगरबाट प्रहरी नायव निरीक्षक पदम थापाको कमाण्डमा ३ जनाको टोलि खटी गई निज भीम बहादुर रुचाललाई सोही ई-रिक्सामा उपचारको लागी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएको मा ऐ. १८:४४ बजे मृत्यु भएको  र अन्य थप अनुसन्धान भईरहेको ।