रेडपाण्डाको छाला र भालुको पित्तसहित ३ जना मानिसहरू पक्राउ ।

बाँके, असार २६

मिति २०७८।०३।२६गते २१:०० बजे जिल्ला बाँके नेपालगंज उ.म.न.पा.१ पुष्पलाल चोक स्थित राप्ति गेष्टहाउसको कोठा नं.१० मा निम्न घर ठेगाना भएका निम्न ब्यक्तिहरुले रेड पाण्डाको छाला र भालुको पित्त साथमा लिई बसेको भन्ने गोप्य सुचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय अनुसन्धान (RIT) समुह  बाट खटिएको प्र.ना.नि बिष्णु गिरी र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त होटलमा गई खान तलासी गर्दा निजहरुको साथबाट रेड पाण्डाजस्तो देखिने जंगली जनावरको छाला थान १ र भालुको पित्त जस्तो देखिने प्लास्टिकको पोका बनाई राखेको पोका थान ४ सहित फेला पारी बरामद गरी निजहरुलाई नियन्त्रणमा लिई आबश्यक कार्बाहीको लागी जिल्ला प्रहरी कार्यालय बाँकेमा लगी अनुसन्धान भईरहेको ।

                                                                  निम्न

  1. जिल्ला दाङ शान्तिनगर गा.पा.१ बस्ने झुपलाल बुढाको छोरा बर्ष २९ को रबिन बुढा ।
  2. ऐ.ऐ.४ बस्ने लिलाधर पुनको छोरा बर्ष ४९को हर्क बहादुर पुन ।
  3. ऐ.ऐ. बस्ने पिरत सिंह पुनको छोरा बर्ष ४१ को केशब पुन ।