जुवातास खेलिरहेको अबस्थामा मानिसहरु पक्राउ।

रुपन्देही, असार २८

मिति २०७८।०३।२८ गते बिहान अं. ००:१० बजेको समयमा जिल्ला रुपन्देही कोटहीमाई गा.पा. वडा नं. ३ मर्यादपुर स्थित मोहमद लाडले अन्सारीको घरमा जुवा तास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा ई.प्र.का. मर्चवार रुपन्देहीबाट खटिई गएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा जुवा तास खेलिरहेको अबस्थामा निम्न मानिसहरुलाई फेला पारी नगद रु. १,६८,९०५।- (एक लाख अठसठ्ठी हजार नौ सय पाँच), मोबाईल थान १०, तास ३१५ प्रति र जुवा तासमा खेल्न प्रयोग गरिएको प्लाष्टिकको बोरा समेत बरामद गरी निजहरुलाई पक्राउ गरी आवश्यक कार्वाहीको लागि जि.प्र.का. रुपन्देहीमा लगी थप अनुसन्धान भईरहेको ।

                                                   निम्नः

  • जि. रुपन्देही कोटहीमाई गा.पा. वडा नं. ३ बस्ने वर्ष ३६ को मोहमद लाडले अन्सारी
  • ऐ.ऐ. बस्ने वर्ष १८ को धर्मेन्द्र भन्ने कमलेश कुमार यादव
  • ऐ.ऐ. बस्ने वर्ष २० को विशाल यादव
  • ऐ.ऐ. बस्ने वर्ष २६ को मोहमद सरिफ जोलहा
  • ऐ.ऐ. बस्ने वर्ष २७ को सुरज यादब
  • ऐ. मायादेवी वडा नं. ५ बस्ने वर्ष २६ को भगवान दास कुर्मी
  • ऐ.ऐ. बस्ने वर्ष २६ को सोनु मल्लाह
  • ऐ.ऐ. बस्ने वर्ष २९ को घनश्याम यादव
  • ऐ. लु.सा.न.पा. अन्तर्गत घर भई हाल कोटहीमाई ३ बस्ने वर्ष २० को निरज कुमार यादव
  • ऐ. कोटहीमाई गा.पा. वडा नं. ३ बस्ने वर्ष २४ को संजय जैसवाल