वेवारिसे अवस्थामा आफै हुर्किएका गाँजा फडानी ।

बर्दिया, साउन, ०२

मिति २०७८।०४।०२ गते बिहान ०८:०० बजेको समयमा सामुदायिक साझेदारी १ (एक) हप्ते कार्यक्रम अन्तर्गत ईलाका प्रहरी कार्यालय ढोढरी, प्रहरी चौकी धनौरा , मधुवन नगरपालिका वडा नं.-३ भगरैयाटोल बढघरहरुको संयुक्त आयोजनामा स्थानिय महिला, ज्येष्ठ नागरिक, बुद्दिजिबी, समाजसेवी तथा स्थानिय जनप्रतिनिधी समेत गरि अं. ४०/ ४५ जनाको उपस्थितिमा ऐ मधुवन नगरपालिका वडा नं.-३ भगरैया र बिपतपुरगाउका बिभिन्न स्थानका बाटो छेउछाउ, कुलो, नहर, बाँझोबारी र खेतबारिमा बेवारिसे अवस्थामा आफै हुर्किएको लागुऔषध जन्य पदार्थ गाँजा (भाँग) को बिरुवा अ.१० क्विन्टल जती फडानी गरी नष्ट गरीएको ।