लागुऔषध सहित मानिस नियन्त्रणमा ।

रूपन्देही, साउन २१

जिल्ला रुपन्देही सिद्धार्थनगर पालिका ३ बस्ने प्रकाश बानिया समेत मिलि लागुऔषध को कारोबार गर्दैछन भन्ने सुचनाको आधारमा मिति २०७८।०४।२१ गते १३ः३० बजेको समयमा जिल्ला रुपन्देहि बुटबल-२ मैनाबगरस्थितमा रहेको सानु देबि पुन बस्दै आएको घरमा ईलाका प्रहरी कार्यालय बुटवलबाट खटी गएको प्रहरी टोलिले निजको घर खानतलासि गर्दा निम्न मानिसहरुलाई पक्राउ र निम्न परिमाणको लागुऔषध बरामद गरी ईलाका प्रहरी कार्यालय बुटवल रूपन्देहीमा लगी थप आवश्यक अनुसन्धान कार्य भईरहेको ।                                      

       निम्‍न

  1. जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं.३ खजना बस्ने बर्ष ४२ को प्रकाश बानिया ।
  2. जिल्ला नवलपरासी सरावल गाँउपालिका वडा नं.४ बस्ने बर्ष ३५ की सुभादेवि  हरिजन ।
  3. जिल्ला रुपन्देही वुटवल उप-महानगरपालिका वडा नं.११ स्थायी वतन भई हाल ऐ. वडा नं.२ मैनाबगर ढोरपाटन पथमा भाडामा घर लिई बस्ने बर्ष ४५ की सानुदेवि पुन ।

      लागुऔषध

  1. सेरिजेक ४७६ थान
  2. नुफिन ४६२ थान
  3. फिनारागन ४५७
  4. नाइट्रोसोन ७० ट्यबलेट
  5. नाइट्रोभ्याट ६७५ ट्यापलेट 
  6. गाजा ४९० ग्राम