लागु औषध (ब्राउन सुगर) सहित २ जना मानिस पक्राउ ।

बर्दिया, साउन २२

मिति २०७८।०४।२२ गते अं. १९:०० बजेको समयमा जि.बर्दिया गुलरिया न.पा. ८ स्थित भादा पुल नजिक ऐ. राजापुर न.पा. १ झबही बस्ने बर्ष ३२ को सुनिल शाह सु.प.प्र.०१-००९ प ९६४३ नं. को मो.सा. द्धारा गुलरिया देखी नेपालगंज जादै गर्दा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट सादा पोशाकमा खटिएको प्रहरी टोली र लागु औषध नियन्त्रण ब्युरो नेपालगंज बाट खटिएको संयुक्त टोलीले शंका लागी चेकजाँच गर्दा सोही मो.सा.को पछाडी सवार ऐ.गेरुवा गा.पा.५ पशुपतिनगर बस्ने बर्ष २२ को शुशिल चौधरीले आफ्नो साथमा ल्याएको ला.औ.ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ कालो प्लाष्टिकको पुरीया थान १ झाडीमा फ्याक्ने क्रममा प्रहरी टोलीले फेला पारी दुबै जना मानिस, उक्त धुलो पदार्थको शुद्ध तौल ३ ग्राम ६७० मिलीग्राम, सुनिल शाहको साथमा रहेको नगद रु,३०,५००(तिस हजार पाँच सय) र मोटरसाईल सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय बर्दियामा राखी थप आवश्यक अनुन्धान कार्य भईरहेको ।