लागु औषध (ब्राउन सुगर) सहित २ जना मानिस पक्राउ ।

बर्दिया, साउन २३ गते ।

मिति २०७८।०४।२३ गते अं.१८:२० बजेको समयमा जिल्ला प्रहरी कार्यालय, बर्दियाबाट सादा पोशाकमा खटीएको प्रहरी टोलीले जिल्ला बर्दिया, गुलरिया नगरपालिका वडा नं.११ गणेशपुर स्थित बावुराम गुप्ताको बन्दै गरेको खाली घरको कोठाबाट जिल्ला बर्दिया, गुलरिया  नगरपालिका वडा नं.४ सुहेल्वा गाउँ बस्ने बर्ष २५ को अरिव खान पठानले लागूऔषध ब्राउन सुगर बेच बिखन गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिई शरिर खान तलासी गर्दा निजको बाँया हातको मुठ्ठीमा लुकाई छिपाई राखेको लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ कालो प्लाष्टिकको पुरिया थान १, पुरिया हटाई शुद्ध तौल गर्दा २४ ग्राम ४२० मिलिग्राम फेला पारी बरामद गरी उक्त लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ सहित अरिव खान पठानलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बर्दियामा राखी थप अनुसन्धान कार्य भईरहेको।