हातहतिया तथा गोली बरामद

मिति २०७८।०४।२७ गते  राती अन्दाजी ००:०० बजे प्र.चौ. कुशुहवाबढनीबाट  खटिएको गस्ती टोलीेले  जिल्ला कपिलवस्तु महाराजगंज न.पा. ९ औरहवा स्थित  कुशुहवा – महाराजगज पक्की सडक खण्डमा संकास्पद अवस्थामा हिडडुल गरिरहेका जिल्ला कपिलवस्तु महाराजगंज न.पा. ९ औरहवा बस्ने बर्ष २० को लक्ष्मण यादव र ऐ.ऐ. बस्ने बर्ष २८ को बिश्वम्वर यादवलाई चेकजाँच गर्दा लक्ष्मण यादवको साथबाट घरेलु नल कटुवा पेस्तोल १ नाल र बिश्वम्वर यादवको साथबाट सोही घरेलु नल कटुवा पेस्तोलमा प्रयोग हुने गोली ३ राउण्ड फेला परेको र निजहरुलाई अनुसन्धानको क्रममा सोधपुछ गर्दा उक्त हातहतियार तथा गोली  जिल्ला कपिलवस्तु, महाराजगंज नगरपालिका वडा नं. ९ औरहवा बस्ने बर्ष ४१ को सम्साद अहमद खाँले राख्न दिएको भनि बताएको हुँदा निज समेतलाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धान कार्य भै रहेको ।