रेडपाण्डाको छाला सहित मानिस पक्राउ

कपिलबस्तु, २८ साउन

 मिति २०७८।०४।२८ गते अं १९:३० बजे जिल्लाको वाणगंगा न.पा.४ सिद्धिपुर स्थित भिमकला बरालले संचालन गरेको बराल होटेलमा रेडपाण्डाको छाला कारोबार भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा यस खटिएको प्रहरी टोलीले रितपुर्व उक्त होटेल खानतलासी गर्ने क्रममा जिल्ला झापा, बिर्तामोड न.पा. ५ बस्ने बर्ष २९ को खगेन्द्र पुरी, ऐ,बस्ने बर्ष ३२ को आशिस जोगि र ऐ,बस्ने बर्ष २६ को सौरभ राजबंशि सहितको ३ जना लाई रेडपाण्डाको छाला थान-२, ऐ,को पुछर थान-१ सहित नियन्त्रणमा लिई थप अनुशन्धान कार्य भई रहेको छ।