लागु औषध हिरोईन सहित मानिस नियन्त्रणमा लिईएको ।

दाङ, साउन ३०

मिति २०७८।०४।३० गते अं. १७:०० बजेको समयमा जिल्ला दाङ घोराही उप-महानगरपालिका वडा नं १४ स्थित जलजला होटलमा ऐ.ऐ. १८ बस्ने कृष्ण बहादुर पुनको छोरा अन्दाजी बर्ष १८ भक्त बहादुर पुन र ऐ.ऐ. १३ बस्ने राहुल पुन मगर संकास्पद अवस्थामा बसेको खबर प्राप्त हुना साथ वडा प्रहरी कार्यालय घोराही दाङबाट ७ जनाको प्रहरी टोलि खटि गई निजरुलाई सोधपुछ तथा शरीर खानतलासी गर्दा निज भक्त बहादुर पुनको बायाँ हातमा मुठ्ठी पारी राखेको र उक्त मुठी खोली हेर्दा लागु औषध हिरोईन जस्तो देखिने निलो सेतो प्लास्टीमा बाँधी राखेको खैरो पदार्थ दुई क्‍वाटर फेला पारी निजहरु दुबै जनालाई नियन्रणमा लिई अनुसन्धान कार्य भई रहेको ।