बुद्धको मुर्ती सहित मानिसहरु पक्राउ

बर्दिया, भाद्र ३

बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा नं. ७ गुलरिया बजार स्थित विजय गेष्ट हाउसमा केही मानिसहरुले पुरातत्विक वस्तु किनबेच गरिरहेका छन् भन्ने  सूचनाको आधारमा प्रहरी टोली खटिई गई उक्त होटलको कोठा नं. ३२८ मा चेकजाँच गर्दा किनबेच गर्ने उद्देश्यले राखिएको ७ किलो ७०२ ग्राम तौल, उचाई ९.५ ईन्च भएको पहेलो रङको बुद्दको मुर्ति थान-१ सहित जिल्ला बर्दिया गुलरिया नगरपालिका वडा नं. ७ बस्ने वर्ष ४० को निराजन उप्रेती, जिल्ला बर्दिया मधुबन नगरपालिका वडा नं. १ बस्ने वर्ष ३४ को उज्वल रोकाय,  ऐ.ऐ. वडा नं. ९ बस्ने वर्ष ३४ को अमृत राई, जिल्ला बर्दिया ठाकुरबाबा नगरपालिका वडा नं. ९ बस्ने वर्ष ३२ को ईश्वरी प्रसाद उपाध्याय, जिल्ला जाजरकोट बारेकोट गाउँपालिका वडा नं. २ बस्ने वर्ष २९ को मग बहादुर नेपालीलाई पक्राउ गरी अनुसन्धान कार्य भई रहेको ।