काठ सहित मानिस नियन्त्रणमा

भदौ, ३, दाङ

मिति २०७८।०५।०३ गते अ. १८:३० बजे जि. दाङ राप्ती गा.पा. ५ सिसहनिया बजार स्थित पुर्व पश्चिम राजमार्गमा प्र.चौ. सिसहनिया दाङबाट खटिएको प्रहरी टोलीले रा १ च ९४० नं. को पिकअपलाई चेकिङ गर्ने क्रममा सालको काठ जस्तो देखिने चिरान १०१ पिस फेला पारी चालक जि. दाङ राप्ती गा.पा. २ बस्ने बर्ष ३१ को केशव बिश्वकर्मा सहित नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको ।