काठ सहित मानिस नियन्त्रणमा

भदौ ०६, दाङ

मिति २०७८/०५/०६ गते १८:०० बजेको समयमा जिल्ला दाङ तुलसीपुर उ.म.न.पा. १ बयाल भन्ने स्थानमा अबैध रुपमा काठ चोरी तस्करी भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय तुलसिपुर दाङबाट प्रहरी टोली खटीगई रा.१ ज. ८३२ नम्बरको जीपलाई रोकी चेक जाँच गर्दा ९ ओटा झ्याल फेला पारी रीत पूर्वक बरामद गरी उक्त जीपको चालक ऐ. बस्ने वर्ष ३४ को भागीराम सुनार सोही गाडीका सह चालक ऐ. बस्ने वर्ष २८ को देब राज सुबेदी र गाडी सहित नियन्त्रमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको ।