लागुऔषध सहित मानिस नियन्त्रणमा ।

भदौ ०९, कपिलबस्तु

मिति २०७८।०५।०९ गते १७:४५ बजे जिल्ला कपिलवस्तु माँयादेवि गा.पा. ८ बिजुवा चोक स्थितमा अस्थाई प्रहरी पोष्ट बिजुवा कपिलवस्तुबाट खटिएको प्रहरी टोलिले चाकरचौडाबाट बिजुवातर्फ आउँदै गरेको जिल्ला कपिलवस्तु बाणगंगा न.पा. ३ बस्ने वर्ष २८ को प्रदिप अर्यालले चलाएको लु २८ प ४७०३ नं. को मो.सा. लाई चेकजाँच गर्दा मोटरसाईकल पछाडि सवार जिल्ला कपिलवस्तु बाणगंगा न.पा. ३ गंगालिया बस्ने वर्ष ३२ को प्रेम प्रसाद पाण्डेले लगाएको निलो जिन्स पाईन्टको  पछाडिको खल्तिबाट कालो प्लास्टिकको झोलामा लागु औषध जस्तो देखिने स्पास्मो ट्याप्लेट ७९ पिस फेला पारी २ जना मानिस र मो.सा.सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।