अविरल बर्षाका कारण आएको बाढीबाट मानिस मृत्यु, बेपत्ता तथा पशुपंक्षीको क्षति (अपडेट)

 
नवरपरासी (पश्चिम):-
मिति २०७८।०५।११ गते परेको अविरल वर्षाको कारण नवलपरासी(पश्चिम्) रामग्राम नगरपालिका वडा नं. १८ पम्फापुर बस्ने बिनोद पासीको घरभित्र पानी पस्दा निज बिनोद पासी र निजको छोरा बर्ष १३ को प्रदिप पासी सुरक्षित स्थानतर्फ जाने क्रममा घरदेखि दक्षिणतर्फ पानीमा डुबी दुबै जना मृत अवस्थामा फेला परेको । सोही दिन नवलपरासी (पश्चिम) जिल्लाको तुरिया खोला र झरै खोलामा आएको बाढीले जिल्ला प्रहरी कार्यालय, नवलपरासी (पश्चिम) को तल्लो तलामा भएका शाखाहरु, थुनुवा कक्ष, निवास र व्यारेक डुवानमा परेको ।
रुपन्देही:-
मिति २०७८।०५।११ गते परेको अविरल वर्षाको कारण तिनाउ खोलामा आएको बाढीले जिल्ला रुपन्देही सम्मरीमाई गाँउपालिका वडा नं. ०३ बस्ने वर्ष २३ को बब्लु लोधलाई बगाई बेपत्ता बनाएको छ र रोहीणी खोलामा आएको बाढीले देवदह नगरपालिका वडा नं. ३ बसन्तपुरमा अमृत थापाको SKC बाख्रा फर्म डुवानमा पर्दा ४३ वटा बाख्राहरु डुबि मरेका।
कपिलबस्तु:-
मिति २०७८।०५।११ गते परेको अविरल वर्षाको कारण कपिलबस्तु जिल्ला, बाणगंगा नगरपालिकाका विभिन्न स्थानहरु डुवानमा पर्दा वडा नं. ५ मा रहेको भिम बहादुर थापाको बोईलर कुखुरा फर्ममा पानी पसी ९०० कुखुराको मृत्यु हुँदा ४,५०,०००।– बराबरको क्षती भएको ।
दाङ:-
मिति २०७८।०५।११ गते १०:०० बजे जिल्ला दाङ, दंगिशरण गा.पा. १ बाकी बस्ने बर्ष ५० को बामदेव देवकोटा बबई खोलामा मलामी गएको अबस्थामा नुहाउने क्रममा खोलाले बगाई मृत्यु भएको ।