अविरल बर्षाका कारण बिभिन्न सडक-खण्डहरु अवरुद्ब (अपडेट)


मिति २०७८।०५।११ गते परेको अविरल वर्षाको कारण सिद्धार्थ राजमार्ग अन्तर्गत जिल्ला पाल्पा, रम्भा गाँउपालिका वडा नं. ३ सितापहाड, बगनासकाली गाँउपालिका वडा नं. ३ जलबिरे र तानसेन-रामपुर सडक खण्ड अन्तर्गत पूर्वखोला गाँउपालिका वडा नं. १ सानो गल्धामा पहिरो जाँदा सडकखण्डहरु अबरुद्ब भएको । त्यसैगरी नेपालगंज-सुर्खेत सडकखण्ड अन्तर्गत जिल्ला बर्दिया, बासगढी नगरपालिका १ देउराली, तुल्सिपुर-सल्यान सडक खण्ड अन्तर्गत दाङ जिल्ला, तुल्सिपुर उ.म.न.पा. वडा नं. ३ लाहुरे चौर र दाङ घोराही- होलेरी सडक खण्डको घोराही उप-महानगरपालिका वडा नं. १३ काभ्रेमा पहिरो जाँदा उक्त सडक-खण्डहरु पनि अबरुद्ब भएको ।