लुम्बिनी प्रदेश प्रहरी कार्यालय अन्तर्गत २०७८ असार महिना देखि भाद्र १० गतेसम्म भए गरेका कार्यहरुको विवरण ।

२०७८ असार

  • २०७८ असार महिनामा खाद्यान्न, ईलेक्ट्रोनिक्स, किराना तथा कपडा लगायतका अ.मु.रु. २,४६,१२,०२०।- बराबरको अबैध मालसामान, १७ वटा सवारी साधन र १६ जना मानिस पक्राउ गरी भन्सार कार्यालय पठाईएको ।
  • मिति २०७८।०३।३१ गते लुम्बिनी साँस्कृतिक न.पा. ११ पण्डितपुरुवामा लु. ३८ प २३७२ नं. को मोटरसाईकल चालक ऐ.ऐ. बस्ने वर्ष ४० को महमद फारुक मुसलमान र वर्ष २४ को रहित अहमदबाट ११ तोला ५० लाल सुन र ७ के.जी. ५०० ग्राम चाँदी बरामद गरी मानिस सहित भैरहवा भन्सार कार्यालय पठाईएको ।
  • अबैध नदिजन्य पदार्थ उत्खनन्, चोरी, निकासी, तस्करी अन्तर्गत अ.मु.रु. ५,३७,८२४।– बराबरको राजस्व संकलन, २३ जना मानिस र २३ वटा सवारी साधन पक्राउ गरी स्थानीय निकायमा बुझाईएको ।
  • ५४७ क्यू. काठ सहित ६ जना मानिस पक्राउ गरी वन कार्यालय पठाईएको ।
  • ट्राफिक कारवाही अन्तरगत असार महिनामा २५४८४ वटा सवारी साधनलाई ट्राफिक नियमको उल्लंघनमा कारवाही गरी रु.१,८९,८२,००५।-  राजस्व संकलन गरिएको ।
  • असार महिनामा ९० वटा सवारी दुर्घटनामा ३३ जना मानिसको मृत्यु र ११५ जना मानिस घाईते भएका ।
  • रेडपाण्डको छाला-१, भालुको पित्त ४, चितुवाको छाला-२, राते-१ तथा राते सहित पक्राउ पर्ने व्यक्तिको साथमा रहेको रु.१७,५०,०००।-(सत्र लाख पचास हजार ) सहित ९ जना मानिस पक्राउ गरी वन कार्यालय तथा राजस्व कार्यालय पठाईएको ।
  • गाँजा ५ के.जी ४८३ ग्राम, चरेश २८ के.जी ५०० ग्राम,, ब्राउनसुगर ९१ ग्राम ७५० मि.ग्रा, डाईजेपाम ४२९ एम्पुल, फेनरागन ४२९, नुफिन ४२९, नाईट्राजेपाम ६० ट्यावलेट, नाईट्राभेट ७२३ ट्यावलेट, स्पास्मो ३२६ क्याप्सुल, ओनोरेक्स १८००Ml, ट्रामाडोल ७०ट्यावलेट, कोरेक्स २७०० लागुऔषध बरामद भई ६६ जना मानिस पक्राउ परी ३९ वटा मुद्दा दर्ता भएको ।
  • विभिन्न बिपदजन्य घटनामा १५ जना मानिसको मृत्यु तथा २५ जना मानिस घाईते भएका ।
  • विभिन्न प्रकारका बिपदबाट ३०वटा चौपाया मृत्यु, ३ वटा चौपाया घाईते, घर क्षति ५२ वटा, गोठ क्षति २४ वटा  गरी अ.मु.रु. १,४९,८०,०००।– क्षति भएको ।
  • अ.मु.रू ११,५६,५००।– बराबरको अबैध भैँसी, पाडा, गोरु, राँगा, माछा तथा ६ वटा सवारी साधन र १ जना मानिस पक्राउ गरिएको ।

 

२०७८ श्रावण

  • २०७८ श्रावण महिनामा खाद्यान्न, ईलेक्ट्रोनिक्स, किराना तथा कपडा लगायतका अ.मु.रु. ३,०९,१८,९०२।- बराबरको अबैध मालसामान, २२ वटा सवारी साधन र ३३ जना मानिस पक्राउ गरी भन्सार कार्यालय पठाईएको ।
  • मिति २०७८।०४।३२ गते गुलरिया न.पा. भादापुलमा लु. ६२ प ६८२६ नं. को स्कुटर चालक गुलरिया न.पा. ७ बस्ने वर्ष २४ दिपेन्द्र सिंह र ऐ. ऐ.न.पा. ३ बस्ने वर्ष २३ को अशोक लोधबाट ८६.६४ ग्राम  सुन बरामद गरी मानिस सहित कोहलपुर राजस्व  कार्यालय, बाँके पठाईएको ।
  • अबैध नदिजन्य पदार्थ उत्खनन्, चोरी, निजकासी, तस्करी अन्तर्गत अ.मु.रु. १५,१५,५४५।-  बराबरको राजस्व संकलन, ६४ जना मानिस पक्राउ र ३३ वटा सवारी साधन पक्राउ गरी स्थानीय निकायमा बुझाईएको ।
  • ४६१.२२ क्यू. काठ सहित ८ जना मानिस पक्राउ गरी वन कार्यालय पठाईएको ।
  • ट्राफिक कारवाही अन्तरगत असार महिनामा १९७४२ वटा सवारी साधनलाई ट्राफिक नियमको उल्लंघनमा कारवाही गरी रु.१,४७,६८,५००।-  राजस्व संकलन गरिएको ।
  • श्रावण महिनामा ८५ वटा सवारी दुर्घटनामा ३० जना मानिसको मृत्यु र १०६ जना मानिस घाईते भएका ।
  • जरायोको सिङ २,मृत बदेँल १,बाघको छाला १,रेड पाण्डाको छाला ३,चितुवाको छाला ३,हात्तिको दाँत २ सहित १६ जना मानिस पक्राउ गरी वन कार्यालय पठाईएको  ।
  • ४९० ग्राम गाँजा, ९केजी ९१० ग्राम चरेश,३१५ ग्राम २७६ मि.ग्रा व्राउन सुगर,डाईजेपाम २९८ एम्पुल, फेनरागन ७५५ एम्पुल, नुफिन ६६० एम्पुल, टालजेसिक १०० एम्पुल, सैरेजेसिक ४७६ एम्पुल, नाईट्रभेट ९२४ ट्याव्लेट, नाईट्रोसन ३८ ट्याव्लेट, स्पास्मो २४० क्याप्सुल, नाईट्राजेपाम ३९७ ट्या. लागुऔषध बरामद भई ६९ जना मानिस पक्राउ परी ४५ वटा मुद्दा दर्ता भएको ।
  • विभिन्न बिपदजन्य घटनामा १७ जना मानिसको- मृत्यु तथा १९ जना मानिस घाईते भएका
  • विभिन्न प्रकारका बिपदबाट ३७ वटा चौपाया मृत्यु, ८ वटा चौपाया घाईते, घर क्षति ६९ वटा, गोठ क्षति १८ वटा  गरी अ.मु.रु. ८,२९,७६,८००।–  बराबरको क्षति भएको ।
  • अ.मु.रू ९,९१,५००।बराबरको अबैध भैँसी, पाडा, गोरु, राँगा, माछा, बंगुर तथा ५ वटा सवारी साधन पक्राउ गरिएको ।

 २०७८ भाद्र १ देखि १० गतेसम्म

  • खाद्यान्न, ईलेक्ट्रोनिक्स, किराना तथा कपडा लगायतका अ.मु.रु. ४८६३९११।- बराबरको अबैध मालसामान, २३ वटा सवारी साधन र १५ जना मानिस पक्राउ गरी भन्सार कार्यालय पठाईएको ।
  • अबैध नदिजन्य पदार्थ उत्खनन्, चोरी, निजकासी, तस्करी अन्तर्गत अ.मु.रु. १,६२,११७।-  बराबरको राजस्व संकलन , ८ जना मानिस र ६ वटा सवारी साधन पक्राउ गरी स्थानीय निकायमा बुझाईएको ।
  • ६८०.८६ क्यू. काठ सहित ८ जना मानिस पक्राउ गरी वन कार्यालय पठाईएको ।
  • ट्राफिक कारवाही अन्तरगत असार महिनामा ६४७७ वटा सवारी साधनलाई ट्राफिक नियमको उल्लंघनमा कारवाही गरी रु.४६,८४,५००।-  राजस्व संकलन गरिएको ।
  • ३४ वटा सवारी दुर्घटनामा ६ जना मानिसको मृत्यु र ३७ जना मानिस घाईते भएका ।
  • बन्यजन्तु (कस्तुरी)को बिना ३१ (एकतिस ग्राम) २०० (दुई सय) मिलिग्राम भएको थान-१, प्रतिबन्धित चितुवाको छाला जस्तो देखिने छाला (ठुलो) पुच्छर देखि टाउँकोसम्म ७ फिट ६ ईन्च लम्बाई र अगाडिको खुट्टाको बिचको भागको चौडाई ४फिट ७ ईन्च भएको छाला थान-१ र टाउको देखि पुच्छर सम्मको लम्बाई २ फिट ८ ईन्च तथा पुच्छर देखि टाउको सम्मको लम्बाई २फिट भएको २ वटा साना गरि जम्मा छाला-३ थान सहित ३ जना मानिस पक्राउ ।
  • ब्राउनसुगर ५९ ग्राम ४८५ मिलिग्राम , चरेश १० के जी डाईजेपाम-२३, नुफिन-२३, फेनरागन-२३ एम्पुल, नाईट्राजेपाम-९० ट्यावलेट, ५ के जी ५०० ग्राम गाँजानाईट्राभेट-३९९ ट्यावलेट, स्पास्मो १२८ क्याप्सुल, कोरेक्स १०० ml को ८ सि.सि, ओनरेक्स १०० ML मा लागुऔषध बरामद भई १४ जना मानिस पक्राउ परी २१ वटा मुद्दा दर्ता भएको । ।
  • विभिन्न बिपदजन्य घटनामा १ जना मानिसको मृत्यु भएको ।
  • विभिन्न प्रकारका बिपदबाट ३ वटा चौपाया घाईते, घर क्षति २ वटा, गोठ क्षति १ वटा  गरी अ.मु.रु. २,५०,०००।–  बराबरको क्षति भएको ।
  • अ. मु. रु. ९४००० बराबरको ६०० पिस कुखुराको चल्ला र ७ वटा पाडा बरामद गरिएको ।